प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।
कोरोना भाइरसको महामारी र पछिल्लो राजनीतिक अवस्था बारे छलफल गर्न शनिबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल हुने थापाले बताए ।




