कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् । प्रदेश सभामा आज भएको मत विभाजनमा उनको पक्षमा २२ र विपक्षमा १५ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका शाही नेतृत्वको सरकारलाई नकेपा एमालेले सर्मथन फिर्ता दिएपछि अल्पमतमा परेको थियो । अल्पमतमा परेपछि मुख्यमन्त्री शाहीले प्रदेशसभामा आज विश्वासको मत लिएका हुन् ।
त्यसमा उनि सफल भएका छन् ।




