गण्डकी प्रदशेमा आज ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा सवैभन्दा धेरै ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार बाग्लुङ्मा १० जना, स्याङ्जामा ५ जना, नवलपुरमा ३, तनहुँमा ३, लमजुङ, गोरखा, म्याग्दी र पर्वतमा १–१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार ८४ पुगेको छ । शुक्रबार ७२ जना निको भएर घर फर्किएका छन् । हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ४६२ रहेको छ भने उनिहरु मध्ये ४२० जना होम आइसोलेसनमा रहेका छन् ।
कोरोना भाइरस संक्रमणका कारण २०७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार