गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले चालु अधिवेसन अन्त्य गरेका हुन् ।
सरकारको सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालु अधिवेशन बुधबार राति १२ बजेदेखी नै अन्त्य गरिएको हो ।
सरकारललाई दिएको सर्मथन राष्ट्रिय जनमोर्चाले फिर्ता लिएसंगै अल्पमतमा परेको सरकारले हतार हतार प्रदेशसभाको अधिवेसन अन्त्य गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायतले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको सुईको पाएका मुख्यमन्त्री पृथ्वीसुब्ब गुरुङले यस्तो कदम चालेका हुनसक्ने अनुमान गरिएको छ ।





