गोरखा मिलन समाज पोखराको आयोजनामा आजिवन सदस्य. स्व, बिष्णुकुमार श्रेष्ठको स्मृतीमा गोरखाको पालुङ्टार १ खोप्लाङ स्थित अन्नपूर्ण माबिमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सेवाप्रति प्रतिबद्ध गोरखाली समाजले पोखराको चरक मेमेरीयल हस्पिटल र गोरखाको छेपेटार स्थित पृथ्वीनारायण सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको हो ।
सो अवसरमा ३०० भन्दा बढी स्थानियहरुले बिभिन्न रोगको उपचार गराएका समाजका अध्यक्ष कपिल पोख्रेलले बताए । स्वास्थ्य शिबिरमा हाडजोर्नी, मेरुदण्ड तथा नसा रोग, मेडिकल सेवा, स्त्री तथा प्रसुती रोग, भिडियो एक्सरे, निःशुल्क औषधी वितरण साथै निःशुल्क सुगर जाँच गरिएको थियो ।
कार्यक्रममा बोल्दै गोरखाको पालुङ्टार नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्णबहदुर परियारले गण्डकी प्रदेश कै अत्याधुनिक सुविधा सम्पन्न अस्पतालका डाक्टरहरुको प्रत्यक्ष उपस्थितीमा नागरिकहरुको स्वास्थ्य परिक्षण गराउन पाउदाँ खुसी लागेको बताए । पोखराबाट गोरखाको ग्रामिण बस्तीसम्म पुगेर सेवा दिएकोमा उनले आयोजकलाई धन्यवाद समेत दिए ।
https://googlepokhara.com/co-vax-khop/
कार्यक्रममा बोल्दै स्व.बिष्णुकुमार श्रेष्ठकी बुहारी रंजिता श्रेष्ठले ससुराबुबाको इच्छा पुरा भएकोमा खुसी व्यक्त गरिन् । आफु जन्मेको ठाउँलाई अत्यन्त प्यारो ठान्ने बिष्णुकुमार आफूहरु माझ नभएपनि यो कामले उहाँको आत्माले शान्ति पाएको महसुस भएको उनले उल्लेख गरिन् । शिविरमा आफ्नो स्वास्थ्य परिक्षण गराएका स्थानियहरुले उचित परामर्श, औषधी तथा भिडियो एक्सरे लगायतका सेवाहरु निःशुल्क पाएकोमा खुसी व्यक्त गरे ।
शिबिरमा बढी मात्रामा ढाड तथा मेरुदण्ड दुखाई, जोर्नी दुखाई र स्त्री रोगका बिरामीहरुले सेवा लिएको बरिष्ठ फिजिसियन डा. शरदचन्द्र बरालले बताए । उनका अनुसार ग्याष्ट्रिक पनि नेपालीहरुको प्रमुख रोग भएकाले त्यसप्रकारका बिरामीहरुको संख्या पनि शिविरमा उल्लेखनीय रहेको थियो ।
गोरखा मिलन समाज पोखराका अध्यक्ष तथा चरक मेमोरीयल हस्पिटलका निर्देशक कपिल पोखरेलले आफूहरुले सोचे भन्दा धेरै बिरामीहरु शिविरमा आएको बताए । शिविरमा आई सवस्थ्य जाँच गाराएका र थप उपचार गर्नुपर्ने बिरामीहरुका लागी चरक मेमोरियलमा बिशेष छुटका साथ उपचार गरिने उनले बताए ।
कार्यक्रमको उदेश्य र स्व. बिष्णुकुमार श्रेष्ठको योगदानको बारेमा समाजका पूर्व अध्यक्ष शिबलाल धितालले प्रष्ट पारे । गोरखा मिलन समाज पोखराका अध्यक्ष पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत समाजकी उपाध्यक्ष कोपिला श्रेष्ठ र संचालन महासचिव अग्रिम श्रेष्ठले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार