गण्डकी प्रदेशका थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाइफकेयर एण्ड डाइग्नोस्टिक प्रा.लिमा गरिएको नमुना परिक्षणमा ८ जना र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा थप ६ जना गरि १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार पोखरा महानगरपालिकाका ७ जना, बाग्लुङ्को बाग्लुङ् नगरपालिकाका ३ जना, तनहुँको शुक्ला गण्डकीका ३ जना, भिमाद र व्यासका १–१ जना र पर्वतका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १४५ पुगेको छ ।




