नेपालमा चलिरहेको कोरोना विरुद्धको खोप अभियान अन्तरगत भोलीदेखी सुरु हुने दोस्रो चरणमा पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाउने भएका छन् । सरकारले योे चरणमा ६५ वर्षमाथिका १६ लाख जेष्ठ नागरिकहरुलाई खोप लगाउने योजना बनाएको छ ।
प्रधानमन्त्री ओलीले भोली कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियानको सुभारम्भ गर्ने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाउनेछन् ।
भोलिदेखि नै संवैधानिक निकायका पदाधिकारीहरुले समेत खोप लगाउने बताइएको छ । ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू हुनेछ । १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि खोप लगाइने छ ।




