पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल लगायतले सपथ ग्रहण गरेका छन् । उनिहरुलाई पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले सपथ ग्रहण गराएका हुन् । प्राज्ञ सदस्यहरुलाई भने कुलपति ढकालले सपथ ग्रहण गराए ।
पहिलो पटक स्थानीय सरकारका रुपमा रहेको पोखरा महानगरपालिकाले आफ्नै प्रज्ञा प्रतिष्ठान ऐन अनुसार प्रतिष्ठान गठन गरेको हो । प्रतिष्ठानको सदस्यहरुमा लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन, कवियत्री सरस्वती श्रेष्ठ र दिलिप गायक रहेका छन् । प्रतिष्ठानमा उपकुलति र दुई सदस्य रिक्त रहेको छ । रिक्त सदस्य पछि नियूत्त गरिने महानगरले जनाएको छ ।
प्रज्ञा प्रतिष्ठानका लागि महानगरले यो वर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साहित्य र कलाको श्रीवृद्धिका लागि प्रतिष्ठान गठन गरिएको हो ।





