गण्डकी प्रदेशमा हाल कोरोना भाइरसका २३२ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कुल संक्रमित मध्ये २३२ जना मात्र हाल उपचारमा रहेका हुन् ।
उनिहरु मध्ये २०३ जनाको होम आईसोलेसन र बाँकीको विभिन्न अस्पातलहरुमा उपचार भैरहेको छ । गण्डकीका १५ हजार ९९८ जना कुल संक्रमित मध्ये १५ हजार ५६१ जना निको भएर घर फर्किएका छन् । २०५ जनाको भने मृत्यु भएको छ ।
कास्कीमा सवैभन्दा धेरै २०३ जना सक्रिय संक्रमितहरु रहेका छन् भने मनाङ र मुस्ताङ संक्रमणमुक्त भएका छन् ।




