स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा दाबी भुक्तानी प्रमाणिकरणको क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै सात दिनभित्र विमितको सही विवरण पठाउन निर्देशन दिएको छ ।
सोमबार मन्त्रालयले सूचना जारी गर्दै सात दिनभित्र सोमबारभन्दा अगाडिको मितिमा परीक्षण गरिएको तर तोकिए अनुसार विवरण छुट भएका विवरण तोकिएको ढाँचामा अलग्गै सफ्टकपी अनिवार्य रुपमा पठाउन निर्देशन दिएको छ ।
साथै तोकिए बमोजिमको समयभित्र र ढाँचामा ती विवरण उपलब्ध नभएमा कोरोना बिमा दाबी प्रमाणीकरण लागि अयोग्य ठहरिनेछन् । नियमित रुपमा तोकिएअनुसार रिर्पोटिङ नगरिएको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गरी नियमानुसार कारबाही समेत गरिने मन्त्रालयले चेतावानी दिएको छ ।




