गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको हो ।
क्षेयरोग उपचार केन्द्र, पोखरामा गरीएको परिक्षणमा ४ जना, लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा.ली. पोखरामा १२ जना र पोखरा स्वास्थ्य विज्ञानमा प्रतिष्ठान पोखरामा १ जना गरी १७ जनामा कोरोना भाईरसको संक्रमण पुस्टि भएको गण्डकी प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
कोरोना भाईरस संक्रमण हुनेहरुमा कास्कीका १५ जना, तनहुँका १ जना र बागलुङका १ जना रहेका छन् । हालसम्म गण्डकी प्रदेशमा कुल कोरोना भाईरस संक्रमितको संख्या १५ हजार ९५५ पुगेको छ भने १५ हजार ४८३ जना निको भएका छन् ।
संक्रमित मध्ये २०५ जनाको मृत्यु भएको छ । हाल २७५ जना सक्रिय संक्रमितहरुको विभिन्न अस्पताल तथा आईसोलेसनहरुमा उपचार भैरहेको छ ।




