नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएको छ । लगत्तै प्रहरीले उनलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको छ । सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो ।
थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ। सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो । सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ ।
अब पनि यही विषयमा थुनामा राखे नेपालको संविधानको धारा १२८ (४) र न्याय परिषद ऐन, २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलनामा कारबाही गर्ने चेतावनी पनि आदेशमा दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार