गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदाँ २० जना निको भएर घर फर्किएका छन् ।
हाल गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल सख्याँ १५ हजार ९३८ पुगेको छ भने १५ हजार ४५८ जना निको भएका छन् । संक्रमित मध्ये २०५ जनाको मृत्यु भएको छ । २७५ जना सक्रिय संक्रमित मध्ये २५३ जनाको होम आइसोलेसनमा उपचार भैरहेको छ ।
आज कास्कीमा ३४ जना, बाग्लुङमा १ जना, स्याङ्जामा १ जना र म्याग्दीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
सवैभन्दा धेरै कास्कीमा २३७ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार