विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख ७५ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण १८ लाख ७५ हजार ४६७ बढिको मृत्यु भैसकेको छ । ८ करोड ६८ लाख ३३ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।

हालसम्म ६ करोड १५ लाख ३३ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, २ करोड ३४ लाख २४ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये १ लाख ८ हजार बढिको अवस्था गम्भिर रहेको छ । २ करोड ३३ लाख बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, भारत र ब्राजिल यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २२० देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार