विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख २० हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण १२ लाख २० हजार २२४ बढिको मृत्यु भैसकेको छ । ४ करोड ७८ लाख ४४ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
हालसम्म ३ करोड ४३ लाख ५२ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, १ करोड २२ लाख ७१ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ८८ हजार १ सय बढिको अवस्था गम्भिर रहेको छ । १ करोड २१ लाख बढिको अवस्था भने सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, भारत र ब्राजिल यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१८ देशमा फैलिएको छ ।




