विश्वभर कोरोना संक्रमितको संख्या करिब १ करोड ७२ लाख पुगेको छ । वल्डोमिटरका अनुसार संसारभरका १ करोड ७१ लाख ९५ हजार बढि मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यि मध्ये ६ लाख ७० हजार बढिको मृत्यु भएको छ भने, १ करोड ७ लाख ५ हजार बढि निको भएका छन् । हाल ५८ लाख १८ हजार बढिको उपचार भैरहेको छ । यिमध्ये ६६ हजार बढिको अवस्था गम्भिर रहेको छ ।
http://googlepokhara-com.stackstaging.com/dhp-news/
संक्रमित मध्ये ५७ लाख ५२ हजारको अवस्था मध्यम रहेको वल्डोमिटरले जनाएको छ । अहिलेसम्म अमेरीकामा ४५ लाख ६८ हजार बढि संक्रमित भएका छन् भने ब्राजिलमा २५ लाख ५५ हजार र भारतमा १५ लाख ८७ हजार बढिमा संक्रमण पुष्टि भएको छ ।
रसिया, साउथ अफ्रिका, मेक्सिको, पेरु, चिलि, स्पेन, युके, इरान, पाकिस्तान, कोलम्बिया, साउदी, इटली, बंगलादेश, टर्कि र जर्मनीमा संक्रमितको संख्या २ लाख बढि पुगेको छ ।
http://googlepokhara-com.stackstaging.com/weather-news-15/
चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वका २१५ देशमा फैलिरहेको छ ।
https://www.worldometers.info/coronavirus/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार