पर्साको वीरगञ्जमा थप ३४ जनामा कोरोना पुष्टि भएको छ । उनिहरु सेना, प्रहरी र कैदीबन्दी सहित बालबालिका समेत रहेका जनाईएको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1435/
नारायणी अस्पतालको प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा उनिहरु ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
संक्रमितमध्ये २० जना वीरगञ्ज कै रहेका छन् । नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

http://googlepokhara-com.stackstaging.com/weather-news-14/
पर्सामा कोरोना संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या भइरहेको छ ।



