नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/naag-panchami/
देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै नेपालमा कुल १८ हजार ४८३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार ५३ जना निको भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/weather-news-10/




