गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा तनहुँका १, बागलुङका १ र लमजुङका ३ जनामा कोरोना पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/land-slide/
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिकाका ३ जना र अन्नपुर्ण गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/weather-news-9/
यससंगै गण्डकीमा कुल संक्रमितको संख्या १३६० पुगेको छ । संक्रमित मध्ये झण्डै ११ सय निको भएका छन् भने चार जनाको मृत्यु भएको छ । बाँकी संक्रमितहरुको विभिन्न आईसोलेसनहरुमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार