नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित मितिमा नहुने पक्का भएको छ । यसअघि महासंघले साउन २६ र २७ गते साधारण सभा गर्ने र नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो ।
http://googlepokhara-com.stackstaging.com/ranjan-koirala/
बिहीबार बसेको पदाधिकारी बैठकले कोरोनाको त्रास बाँकी नै रहेको भन्दै चुनाव स्थगित गरेको महासंघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले केहि पूर्व अध्यक्षहरु समेत सहभागी पदाधिकारी बैठबले तत्कालका लागि चुनाव स्थगित गर्ने निर्णय गरेको बताए ।
http://googlepokhara-com.stackstaging.com/veemsen-chok-news/
उनका अनुसार अब सरकारले सभासम्मेलन खुला गर्ने निर्णय गरेको १५ दिनभित्रमा चुनाव गर्ने निर्णय भएको छ । पदाधिकारी बैठकले गरेको यो निर्णयको चन्द्र ढकाल समूहले भने विरोध गरेको छ ।




