आज देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने जल तथा मौषम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
http://googlepokhara-com.stackstaging.com/puspa-lal-shrestha/
दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै राती देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा पश्चिमि भूभागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भूभागमा नेपाल नजिक रहेको अवस्था छ ।
http://googlepokhara-com.stackstaging.com/gandki-cocid-1345/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार