कास्कीका विभिन्न स्थानहरुमा सहलका झुण्डहरु देखिएको कृषि अधिकारीहरुले बताएका छन् । कोरोना कहरबाट गुज्रिरहेका कृषकहरुलाई फेरी सहलले सताउन थालेको हो ।
अन्नपुर्ण गाँउपालीकाका विभिन्न वडाहरुमा समेत ठुलो संख्यामा सलह किरा देखिएको अधिकारीहरुको भनाई छ । लुम्ले, नयाँपुल, विरेठाँटी, घान्द्रुक, लान्द्रुक, छोम्रोङ लगायतका गाँउका आकाशमा लाखौँको संख्यामा सलह किरा उडिरहेको स्थानीयले बताए ।
http://googlepokhara-com.stackstaging.com/puspa-lal-shrestha-2/
कृषकहरुको हरिया बालिनालीहरुमा प्रत्यक्ष क्षति पुर्याउने भएकाले थप चिन्ता बढेको उनिहरुले बताए । बारिमा अहिले मकै, कोदो र खेतमा धान बालि रहेकाले सलहको झुण्डले आफुलाई दुखी बनाएको कृषकहरुको भनाई छ ।
उनिहरुले अहिले घरेलु उपायको उपयोग गरि सहल धपाउने काम गरिरहेका छन् । हावाको बेगसंगै सहलको प्रवाह हुने भएकाले जल तथा मौषम विज्ञान विभागले मुलुकमा पश्चिम÷दक्षिण पश्चिमी वायुको प्रवाह रहेको बताएको छ ।
http://googlepokhara-com.stackstaging.com/weather-news-7/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार