नेकपामा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईदैछ ।
श्रेष्ठको स्मृति दिवसका अवसरमा पोखराको नुवारथोक स्थित सालिकमा माल्र्यापण गरिएको छ भने दिउँसो विचार गोष्ठिको समेत आयोजना गरिएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनमा प्रणेता क.पुष्पलालको योगदान बिषयक प्रवचन गोष्ठीको आयोजना गरिएको नेकपाका केन्द्रिय सदस्य श्रीनाथ बरालले जनाकारी दिए ।
पुष्पलालको जन्म वि.सं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसी कुमारीको माहिला छोराका रूपमा भएको थियो ।
नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार कै क्रममा निधन भएको थियो ।




