गण्डकी प्रदेशमा कोरोना सक्रंमितको संख्या १३४५ पुगेको छ । जसमा ११८१ जना पुरुष रहेका छन् भने, १६४ जना महिला रहेका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार अहिलेसम्म १०९१ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ । २५० जनाको जिल्ला स्थित विभिन्न आइसोलेसनहरुमा उपचार भैरहेको छ ।
http://googlepokhara-com.stackstaging.com/covid-discharge-2/
प्रदेशका दुई जिल्ला मनाङ र मुस्ताङ कोरोनामुक्त भएका छन् । ति जिल्लाका १÷१ जनामा कोरोना संक्रमण देखिएको थियो । प्रदेशको नवलपुरमा सवैभन्दा धेरै २९८ जनामा कोरोना देखिएको छ भने २२० जना निको भएका छन्, ७८ जनाको उपचार चलिरहेको छ ।
यस्तै बाग्लुङमा २२९, स्याङजामा २०४, तनहुँमा १७३, गोरखामा १०२, लमजुङमा ९९, पर्वतमा ९६, म्याग्दीमा ४३, कास्कीमा ९९, मनाङ र मुस्ताङमा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/teachers-strike-pokhara/
अहिलेसम्म स्याङ्जाका २, बाग्लुङका १ र गोरखाका १ जनाको मृत्यु भएको छ ।




