नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा उपचाररत एक चिनियाँ नागरिकको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
४८ वर्षीया चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । उनि मुटुको समेत बिरामी रहेकी बताईएको छ । ग्राण्डिबाट त्रिविमा रिफर गरिएको उनको आईसीयूमा राखेर उपचार गर्ने क्रममा विहान मृत्यु भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-18/
यसअघि पोखरामा कार्यरत उनी स्वास्थ्यमा समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । मणिपालले रिफर गरेपछि उनलाई साउन २ गते हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल लगिएको थियो ।
यसैबिच हिजो बेलुकी महोत्तरीका एक ६० वर्षीय पुरुषको पनि कोरोना संक्रमण कै कारण मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
http://googlepokhara-com.stackstaging.com/salaha-kira/




