गण्डकी प्रदेशमा फेरि ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको पिसिआर परिक्षणमा नवलपुरका ३ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि आजै गण्डकीका विभिन्न जिल्लाहरुमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससंगै आज मात्र प्रदेशमा २७ जना संक्रमित थपिएका छन् ।
http://googlepokhara-com.stackstaging.com/nekapa-6th-time-esthageet/
हालसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५ पुगेको छ । प्रदेशका २ जिल्ला कोरोनामुक्त भएका छन् भने १ हजार ४ जना निको भएर घर फर्किएका छन् ।
४ जनाको मृत्यु भएको छ । बाँकी संक्रमितहरुको विभिन्न आइसोलेसनहरुमा उपचार भैरहेको छ ।
http://googlepokhara-com.stackstaging.com/covid-17658/




