विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको छ ।
आज २४ घण्टाको अवधिमा आजसम्मकै धेरै संक्रमित फेला परेको डब्लुएचओले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-kharcha/
रोयटर्समा प्रकाशित समाचारका अनुसार आज एकैदिन २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि कोरना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको हो ।
थपिएका संक्रमितमध्ये धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका रहेका छन् ।
यसअघि जुलाई १२ मा सबैभन्दा धेरै संक्रमित भेटिएका थिए । उक्त दिन १ लाख ३० हजार ३ सय ७० जना संक्रमित फेला परेका थिए ।

https://www.worldometers.info/coronavirus/
आजसम्म विश्वमा कोरोना संक्रमितको कुल संख्या १४ मिलियन बढि पुगेको छ । यस रोगका कारण मृत्यु हुने संख्या ६ लाख बढी भइसकेको छ ।



