सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु राजि भएका छन् । केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
यातायात व्यवसायीका छाता संगठनहरुले विभिन्न माग राख्दै सवारी नचलाउने निर्णय गरेका भएपनि शुक्रबार आएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सुचारु गर्ने बताएका हुन् ।
http://googlepokhara-com.stackstaging.com/oli-prachanda-2/
बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग सम्बाधेन भएकाले सार्वजनिक सवारी चलाउन अब सहज अवस्था बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले बताए ।
अब मौद्रिक नीतिले गरेका व्यवस्थाबारे थप स्पष्ट हुँदै थन्किएका बसहरु चलाउन तयारी पनि सँगसँगै गरिने व्यवसायीले बताएका छन् । साउन ७ गतेबाट लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने व्यवसायीहरुको तर्क छ ।

http://googlepokhara-com.stackstaging.com/covid-17502/



