रुसी ह्याकरहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन निर्माणसम्बन्धी सूचनाहरु चोरी गर्ने योजनामा रहेको चेतावनी दिइएको छ ।
रुसी ह्याकरहरुले मेलवेयर प्रयोग गरेर भ्याक्सिन निर्माणसम्बन्धी गोप्य सूचनाहरु चोर्ने योजना बनाएको ब्रिटेनको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी)ले चेतावनी दिएको हो । एनसीएससीका निर्देशक पल चिचेस्टरले यसलाई घिनलाग्दो काम भनेका छन् ।
कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रयास गर्दै आएका अमेरिकी, बेलायती र क्यानेडियन संस्थाहरु रुसी ह्याकरहरुको निशानामा रहेको एनसीएससीको दाबी छ ।




