नेपालीहरुको सांस्कृतिक पर्व साउने संक्रान्ति आज घरघरमा लुतो फालेर मनाईदै छ । नेपाली परम्परा अनुसार वर्षभरि हिलो मैलोमा काम गर्दा हुन सक्ने सम्भावित रोगहरु नलागोस् भन्ने अभिप्रायले साँझ घरघरबाट बलेको अगुल्टो सहित लुतो फाल्ने प्रचलन रहेको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-vovid-1231/
तर, पोखरामा भने स्वतन्त्र राष्ट्रिय अभियानका अभियान्ताहरुले विश्वभर फैलिरहेको कोरोना भाइरस लगायत राजनीतिक नेतृत्वबाट भएका अनेकन असमान सन्धि सम्झौता खारेजिको कामना गर्दै फिर्केखोलामा विधिपुर्वक लुतो विर्सजन गरेका छन् ।
अभियानका कास्की संयोजक सुनिल बहादुर कोईरालाले सहयोगका नाममा मुलुकलाई नै गुलाम बनाउने गरि गरिएका र सम्झौता कार्यान्वयन गर्ने तयारी गरिएका सवै प्रकारका सन्धि सम्झौताहरुका बारेमा पुर्नविचार गर्न माग गरे ।
अर्का अभियान्ता नारायण विक्रम शाहिले नागरिकहरु सचेत नभएसम्म वा नागरिकहरुमा राजनीतिक चेत नपसेसम्म यस्ता प्रकारका राष्ट्रघातका रोगहरुले निरन्तर सताईरहने बताए । साउने संक्रान्तिको अवसरमा सांकेतिक रुपमा गरिएको यस कार्यक्रमले सहि सन्देस प्रवाह गर्ने उनको विस्वास छ ।

यस्तै अभियानका अभियान्ता कृष्ण घिमिरे जैशीले नागरिकलाई विभिन्न वाहानामा गुम्राहमा राखेर राष्ट्र नेता भनिएका व्यक्तिहरुबाटै पटक पटक घात भएका कारण यस हदसम्मका कार्यक्रमहरु गर्नु परेको बताए । राष्ट्रघातको शिलशिला निरन्तर जारि रहे लुतो जसरी नै नागरिकहरुले हुत्याई दिने उनले चेतावनी समेत दिए ।
http://googlepokhara-com.stackstaging.com/dhp-er-arrest/
राष्ट्रिय रुपमा अधिवक्ता स्वागत नेपालले नेतृत्व गरिरहेको उक्त अभियानले राइट टु रिजेक्ट र राइट टु रिकल लगायतका अवाजहरु बुलन्द गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार