नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४४ जना कोरोना संक्रमितहरु थपिएका छन् ।
देशभरिमा २५ प्रयोगशालामा गरिएको ५ हजार ८ सय ५६ परिक्षणमा १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको हो । कोरोना संक्रमण उपचारपछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ । देशभरका क्वारेन्टिनमा २३ हजार ८ सय ७० जना रहेका छन् । नेपालमा हालसम्म २ लाख ८९ हजार ३ सय ७१ वटा परीक्षण पीसीआर विधिबाट गरिएको छ ।
http://googlepokhara-com.stackstaging.com/tanahu-pahiro-2/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार