गण्डकी प्रदेशको नवलपुरमा सवैभन्दा धेरै कोरोना संक्रमितहरु फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरमा अहिलेसम्म प्रदेशको सवैभन्दा धेरै २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उता बाग्लुङमा अहिलेसम्म २१२ जना संक्रमण पुष्टि भएको छ । स्याङजामा १८५ जना, तनहुँमा १४९ जना र गोरखामा ९६ जनामा संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/kaski-pahiro/
यस्तै पर्वतमा ९१ र कास्कीमा ८० जना संक्रमित भएका छन् । म्याग्दीमा २२ र लमजुङमा ६२ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले बताएको छ । मनाङ र मुस्ताङ्का एक एक जना संक्रमित भने निको भएर घर फर्किएका छन् ।
गण्डकीका ११६२ कुल संक्रमित मध्ये १०१४ जना पुरुष रहेका छन् भने १४८ जना महिला रहेका छन् । संक्रमित मध्ये ६३३ निको भएर घर फर्किएका छन् भने, ४ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म १६ हजार ६४९ जना संक्रमित भएका छन्, भने ८ हजार ११ जना निको भएका छन् । ३६ जनाको मृत्यु भएको छ ।

http://googlepokhara-com.stackstaging.com/covid-discharge/



