पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा गरिएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ११ जना घाइते भएका छन् ।
पोखरा–१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोले बगाउदा थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1162/
यता पोखरा–२६ मा पनि दुर्गाबहादुर सुनारको घर भत्किएर उनको ज्यान गएको छ । पोखरा २५ हेमजामा समेत रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनकी आमा हिमकला अधिकारीको ज्यान गएको छ ।
पोखराका विभिन्न स्थानहरु डुबानमा परेका छन् भने, कयौन बस्ति तथा घरहरु जोखिममा परेका छन् ।

http://googlepokhara-com.stackstaging.com/myagdi-news/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार