नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वजर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको हो । देशभरका २५ वटा प्रयोगशालामा गरिएको ४ हजार ५ सय ८८ पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-1149/
आज १ सय ३९ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको घर फर्किएका छन् ।
देशभरका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने ८ हजार ६ सय ५ जना संक्रतिमहरु उपचाररत रहेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

http://googlepokhara-com.stackstaging.com/bus-news/



