गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ । विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परिक्षणमा थप २० जनामा संक्रमण पुष्टि भएसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तनहुँका १ जना, म्याग्दीका २ जना र बाग्लुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै जनस्वास्थ्य प्रयोगशाला हेटौडा र भरतपुर अस्पतालमा गरिएको नवलपुरका ४ जना तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा लमजुङका ५ जना, गोरखाका २ जना र कास्कीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म ३८६ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।





