बागलुङका विभिन्न आईसोलेसन तथा प्रिआईसोलेसनमा उपचाररत ३ दर्जन बढि कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।
आज एकै दिन ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । जिल्लाको सदरमुकाम स्थित आइसोलेशनबाट ७ जना र बुर्तिबाङ स्थित प्रीआइसोलेशनबाट ३५ जना निको भएर घर फर्केका हुन् ।
http://googlepokhara-com.stackstaging.com/covid-16423/
ढोरपाटन नगरपालिकाका १७, निसीखोला गाउँपालकिाका २, तमानखोला गाउँपालिकाका १ र बडगिाड गाउँपालिकाका १५ जना कोरोना संक्रमण मुक्त घरफर्किएका हुन् । त्यहाँ स्थित प्रीआईसोलेसनमा ८ जनाको उपचार भैरहेको बुर्तिबाङ स्वास्थ्य केन्द्रका डा.मिलन मल्लले जानकारी दिए ।
यता सदरमुकाममा उपचाररत ७ जना आजै कोरोना मुक्त भएर घर फर्किएका छन् ।

http://googlepokhara-com.stackstaging.com/covid-1129/



