विश्वभरी महामारीको रुपमा फैलिएको कोरना भाईरस (कोभिड १९) को कारण भारत तथा तेस्रो मुलुकबाट नेपाल आई बिभिन्न क्वारेन्टिनमा बस्नेहरु दिन प्रति दिन बढीरहेका छन् । उता पर्वतका बिभिन्न क्वारेन्टिनमा पनि नागरिकहरुको ठुलो संख्या बसिरहेको छ ।
उनिहरुको स्वास्थ्य अवस्था देखि खाद्यन्न लगायतका कुराहरुमा सबैको ध्यान गईरहेको छ । स्थानिय पालिकाहरुले त्यसको ब्यवस्थापन गरिरहेका छन् । भने बिभिन्न संघसंस्थाहरुले उनिहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्दै आईरहेका छन् ।
पछिल्लो समय पोखरामा क्रिायशिल पखेटा नेपालले क्वारेन्टिनमा बसेका महिला दिदिबहिनीहरका लागी स्वास्थ्य सामाग्री बितरण गर्ने कार्य गर्दै आईरहेको छ । स्वतन्त्र जीवनका लागी पखेटा भन्ने मुल नाराका साथ संचालित पखेटा नेपालले यो विपतको समयमा गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरुमा पुगी क्वारेन्टिनमा बसेका महिला दिदिबहिनीहरुलाई स्वास्थ्य सामाग्री बितरण गर्ने कार्य जारी रोखेको छ ।

महिला दिदीबहीनीहरुको सीप तथा नेतृत्व बिकास र स्वरोजगारको क्षेत्रमा काम गर्दै आएको पखेटा नेपालले आईतबार पर्बतका क्वारेन्टिनमा बसेका महिलाहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
आफैले उत्पादन गरेको वातावरणमैत्री, पुन प्रयोग गर्न मिल्ने, घरमै उत्पादन गर्न सकिने घरेलु सेनेटरी प्याड, पञ्जा र माक्स लगायतका स्वास्थ्य समाग्रीहरु संस्थाले प्रदान गरेको संस्थापक अध्यक्ष बिनु श्रेष्ठले जानकारी दिईन् ।
उनका अनुसार १६ थान पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड, मास्क १ सय ३० थान र एक बोत्तल सेनिटाईजर हस्तान्त्रण गरिएको हो । स्वास्थ्य सामाग्री एक कार्यक्रमका बिच कुश्मा नगरपालिकाका उपमेयर सिता काफ्ले लामिछानेलाई हस्तान्त्रण गरिएको हो ।
सो अवसरमा लामिछानेले अहिलेको महामारीबाट बच्च र बचाउनको लागि सबै जुट्नुपर्ने समय आएको बताईन । लामिछानेले महिलाहरुको लागी सुरक्षित महिनावारी र स्वास्थ्य महत्पवपुर्ण हुने भन्दै पखेता नेपालको उक्त कार्यको प्रशंसा समेत गरिन् ।




