पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले समस्याको समाधान अनिश्चित भएपनि न्युनिकरण निश्चित रहेको बताएका छन् । वडा कार्यालय ९ ले आफ्नो वडामा रहेका बालबालिकाहरुको अवस्थाको अध्ययन गरि तयार पारेको स्थिती पत्र सार्वजनिक गर्दै उनले समस्यालाई घटाउन सकिने प्रर्याप्त सम्भावनाहरु रहेका बताए ।
बालबालिकाहरुलाई गरिने तुच्छ व्यवहारले मानविय संस्कारमा ह्रास आउने तर्क गर्दै प्रमुख जिसीले पारिवारिक व्यवहारमा सुधार ल्याउन सुझाव दिए । उनले सचेत अभिभावकहरुले बालबालिकालाई आवाश्यक परामर्श दिन सक्ने क्षमता राख्नु पर्ने बताए ।
“हामी यदि सचेत अभिभावक हो भने उनिहरुलाई काउन्सिलिङ गर्न सक्ने क्षमता राख्नु पर्यो के, पिटेर र गालि गरेर होईन फकाएर पनि त हुन्छ नी होईन्, प्रमुख जिसीले भने, बालबालिकालाई चुरोट लिन पठाउने, पैसाको लोभ देखाएर मदिरा लिन पठाउने, यि सवै गलत गतिविधिहरु हुन् । बालबालिकाको भविष्य सोच्नेले यस्ता कार्यमा सुधार गर्नै पर्छ” ।

आफ्ना गतिविधिहरुमा सुधार ल्याउन नसक्नेहरुले पछुताउनुको कुनै अर्थ नरहने उनले टिप्पणी गरे । पारिवारिक कारणले बालबालिकाहरु सडकमा आउनु परेका तथ्यहरु प्रस्तुत गर्दै प्रमुख जिसिले अभिभावकहरु थप गम्भिर हुनुपर्नेमा जोड दिए ।
बालबालिकाहरुको समस्यामा एकिकृत प्रयासको खाँचो रहेको बताउदै उनले बालबालिकाहरुको इच्छा र आकांक्षाहरुलाई नजरअन्दाज नगर्न सुझाव दिए । उनले आफ्नो हैसियत अनुसार बालबालिकाहरुको स्याहार, सुसार र संरक्षण गर्न आग्रह गरे । बालबालिकाको ख्याल गर्न नसक्नेले नपाउदा पनि फरक नपर्ने उनको तर्क छ ।
कोभिड १९ का कारण बालबालिकाहरुको मनोविज्ञानमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्दै प्रमुख जिसीले परिस्थितीलाई काबुमा राख्न नसके भविष्यमा निकै महंगो पर्ने बताएका छन् । पोखरा महानगरपालिकाले बालमैत्री नगर बनाउने लक्ष्य यसअघि नै राखेको भएपनि त्यो अहिलेसम्म पुरा भएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार