गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय नाघेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशमा आज मात्रै १७ जना कोरोना संक्रमित थपिएका छन् ।
यससंगै कोरोना संmत्रमितको संख्या १ हजार १ सय १३ पुगेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा लमजुङ्का ११ जना र प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा बाग्लुङ्का ५ जना र कास्कीका १ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
लमजुङ्को बेसिशहर र सुन्दरबजार नगरपालिकाका ३–३ जना, क्लोहासोथरका २ जना, राईनास, दोर्दी र मध्यनेपालका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उता बाग्लुङ्को ढोरपाटन नगरपालिकामा १ जना तथा बडिगाड र काठेखोला गाउँपालिकाका २–२ जनामा पनि कोरोना पुष्टि भएको छ ।
यस्तै कास्कीको पोखरा महानगरपालिकाकी ५१ वर्षीय एक महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले बताएको छ । आजै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत १३ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार