पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका १३ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।
कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई डिस्चार्ज गरिएको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।
डिस्चार्ज हुनेमा पोखरा महानगरपालिकाका ११ जना, माछापुच्छ्रे गाउँपालिकाका १ जना र स्याङजाका १ जना रहेका छन् ।
अस्पतालको आईसोलेसनमा १८ जनाको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार