यसवर्षको कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने भएको छ । यसअघि कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट गर्ने तयारी गरिएको थियो ।
तर कोरोना भाइरसको महामारीका कारण तोकिएको मितिमा परीक्षा हुन सकेन । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइने बताइएको छ ।
विद्यार्थीहरुको आन्तरिक मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।
यसअघि कोरोना संक्रमणको जोखिमका कारण देखाएर माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।




