गण्डकी प्रदेशका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकामा २ जना, लमजुङ्को राईनास नगरपालिकामा १ जना, गोरखाको गोरखा नगरपालिकामा १ जना र बाग्लुङको ढोरपाटन नगरपालिकामा १ जना गरि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ९६ पुगेको छ । बाग्लुङमा मृत्यु भएका युवकको रिपोर्ट भने मृत्युपछि मात्र प्राप्त भएको हो । उनि असार १ गते भारतबाट आई क्वारिन्टिनमा बस्दै आएका थिए
उनको कोरोना परिक्षणका लागि असार १२ गते स्वाव संकलन गरिएको थियो । कोरोनाका कारण गण्डकीमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार