पश्चिम बाग्लुङ्को ढोरपाटन नगरपालिका वडा नंंं ४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा मृत्यु भएका एक युवामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । असार १ गते भारतबाट नेपाल आएका उनि क्षयरोगी समेत रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.मिलन मल्लले जानकारी दिनुभयो ।
मिर्गौला, फोक्सो र स्वासप्रस्वासमा समस्या देखिएपछि भारतमा उपचार गराउन गएका उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि नेपाल फर्किएको बुझिएको छ । भारतबाट फर्किएपछि परिवारका सदस्यहरु सहित उनलाई गोठमा छुट्टै बस्ने व्यवस्था मिलाईएको भएपनि स्थानियले विरोध गरेपछि असार १२ गते खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा राखिएको थियो ।

नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलका अनुसार पाँच जनाको परिवारमा आमा र दुई जना छोरीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बाबु र छोराका रिपोर्ट आउन बाँकी रहेको थियो ।
उनि निसिखोला गाँउपालिका वडा नं. २ का २९ वर्षीय युवा रहेको अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार