विश्वकर्मा समाज नेपालले पोखरा महानगरपालिका वडा नं. २१ निर्मलपोखरीमा रहेका गरिब तथा विपन्न परिवारलाई राहत प्रदान गरेको छ ।
आपत विपतमा परेकालाई सहयोग गर्नु नै धर्म हो भन्ने मान्यता अनुसार समाजले निर्मलपोखरीका ४० बढि विपन्न परिवारलाई राहत सामाग्री प्रदान गरेको हो । कोरोना महामारीका कारण रोजगारी गुमाए र समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई राहत सामाग्री प्रदान गरिएको अध्यक्ष गणेश बरायलीले बताउनुभयो ।

महामारीका कारण बजार पसलहरु प्रर्याप्त नखुलेका र आम्दानीका स्रोतहरु समेत बन्द भएपछि समस्यामा परेका ति परिवारहरुको दुुखमा समाजको उपस्थिती जनाईएको अध्यक्ष बरायलीले बताउनुभयो । उनिहरुलाई चामल, दाल, नुन, सोयाविन र तेल लगायतका राहत सामाग्रीहरु प्रदान गरिएको हो ।
सामाजिक उपेक्षामा पारिएको भनिएको उक्त समुदायको उत्थानका लागि समेत शसक्तिकरण आवाश्यक रहेकामा जोड दिदै अध्यक्ष बरायलीले जिवनशैलीको सुधारमा जोड दिनुभयो । खानपान र सरसफाईमा समेत विषेश ख्याल गर्न उहाँले सुझाव दिनुभयो ।
समाजका अन्य पदाधिकारीहरुले सामुदायिक चेतना अभिवृद्धिमा जोड दिएका छन् । लकडाउनका बेला समाजले विभिन्न स्थानहरुमा राहत सामाग्रीहरु प्रदान गरिएको बताएको छ ।




