स्वतन्त्र जीवनका लागी पखेटा भन्ने मुल नाराका साथ स्थापना भएको पखेटा नेपालले क्वारेन्टिनमा बस्नेहरुका लागी स्वास्थ्य सामाग्री बितरण गर्ने कार्य जारी रोखेको छ ।
बिशेषत महिला दिदीबहीनीहरुको सीप तथा नेतृत्व बिकास र स्वरोजगारको क्षेत्रमा काम गर्दै आएको पखेटा नेपालले शुक्रबार पोखराको नदिपुुरमा रहेको क्वारेन्टिनमा रहेका महिलाहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
आफैले उत्पादन गरेको बाताबरण मैत्री, पुन प्रयोग गर्न मिल्ने, घरमै उत्पादन गर्न सकिने घरेलु सेनेटरी प्याड, पञ्जा र माक्स संस्थाले प्रदान गरेको संस्थापक अध्यक्ष बिनु श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठले यो समयमा बिशेष गरी महिलाहरुको लागी सुरक्षित महिनावारी र स्वास्थ्यसंग जोडिएर काम गरिरहेको र त्यही अनुरुप यो तेस्रो चरणको कार्यक्रम गरिएको उल्लेख गर्नुभयो ।

बार्षिक ८ अर्ब भन्दा बढी मुल्यको सेनेटरी प्याड बिदेशबाट नेपाल आउने उल्लेख गर्दै श्रेष्ठले घरमै बनाएको, केमिकल रहित बाताबरण मैत्री र घरेलु उत्पादनको सेनेटरी प्याड भएकोले यो अरु भन्दा सस्तो र किफायती रहेको समेत दावी गर्नुभयो ।
नागरिक स्वालम्बन नेपालकी अध्यक्ष लक्ष्मी कुँवरले घरेलु प्याड निकै उपयोगी भएको र यसले महिलाहरुको महिनावारीमा हुने समस्यालाई न्यूनिकरण गर्ने बताउनुभयो ।
पोखरा महानरपालिका वडा नंं ३ का अध्यक्ष रबिन्द्र बहादुर प्रजुले स्वदेशी उत्पादनमा आफूले प्रोत्साहन दिने बताउनुभयो । नदिपुरमा रहेको पद्म नर्सिङ क्वारेन्टिनमा हाल २३ जना महिलाहरु बसिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार