गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आज फेरि ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
भरतपुर अस्पताल चितवनमा गरिएको कोरोना परिक्षणमा नवलपुरका १९ जना, प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा तनहुँका ९ जना, पर्वतका ३ जना र बाग्लुङ्का १ जनामा कोरोना पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कुल संक्रमितको संख्या १०६३ पुगेको हो ।





