कोभिड १९ को महामारीका बिच राहत सामाग्रीहरु नियन्त्रणमा लिएर खोलामा बगाउने विरुद्ध जिल्ला अदालत बाग्लुङ्ले पक्राउ पुर्जि जारी रहेको छ ।
पश्चिम बाग्लुङ्को ढोरपाटन नगरपालिका वडा नं. ४ खुंगामा राहत वितरणका लागी लगिएको १ लाख बराबरको राहत सामाग्री नियन्त्रणमा लिएर खोलामा बगाएको भन्दै ढोरपाटन नगरपालिका–४ का वडा सदस्य तिल बहादुर फगामी, गन बहादुर फगामी, हेमलाल फगामी, हर्क बहादुर बुढाथोकी, उमेश बुढाथोकी र पञ्चे बिक सहित ६ जना बिरुद्ध पक्राउ पुर्जि जारि गरिएको हो ।
अदालतको आदेशानुसार अभियुक्तहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली गएको थाहापाएपछी अभियुक्तहरु भागेको बताईएको छ ।
गत जेठ १३ गते बुर्तिवाङ बजारबाट राहत सामाग्री खाद्यान्न लिएर गएको लु २ त ४६३७ को ट्याक्टरलाई सोहि वडाका अध्यक्षको निर्देशनमा नियन्त्रणमा लिएर उक्त टोलिले चामलका बोराहरु च्यात्चुत पार्दै खोलामा बगाएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार