गण्डकीमा कोरोना संक्रमितको संख्या ८ सय ९६ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ११ जिल्ला मध्ये नवलपुरमा सवैभन्दा धेरै २१८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बागलुङमा १८०, स्याङजामा १६३, तनहुँमा १०८, गोरखामा ७७, पवर्तमा ७२, कास्कीमा ४१, लमजुङ्मा १८, म्याग्दीमा १६, मुस्ताङमा १ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार संक्रमितहरुमा ७८९ पुरुष र १०७ जना महिला रहेका छन् । संक्रमित मध्ये १९८ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार