नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२१ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।
अहिले सम्म महिला २६६ र २ हजार ८६६ पुरुष गरि ३ हजार १३४ जना डिस्चार्ज भएका छन् ।




