विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ । वल्डोमिटरका अनुसार हालसम्म विश्वका १ करोड १ लाख ११ हजार बढि मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सवैभन्दा धेरै अमेरीकामा २५ लाख ९६ हजार मानिसहरु संक्रमित भएका छन् भने ब्राजिलमा १३ लाख १५ हजार मानिसहरुमा संक्रमण पुष्टि भएको छ । यस्तै रसियामा ६ लाख ३४ हजार, भारतमा ५ लाख ३० हजार र बेलायतमा ३ लाख १० हजार बढिमा कोरोना संक्रमण पुष्टि भएको छ । यता नेपालमा भने १२ हजार ७ सय बढि मानिहरु संक्रमित भएका छन् ।
कोरोना संक्रमणका कारण विश्वभर ५० हजार २ सय बढि मानिसहरुको ज्यान गएको छ । संक्रमित मध्ये झण्डै ५८ हजारको अवस्था गम्भिर रहेको छ । वल्डोमिटरका अनुसार ५४ लाख ८४ हजार मानिसहरु निर्को भएर घर फर्किएका छन् ।




